नविल बैंक र काठमाडौ महानगरबीच सौन्दर्यकरण सम्झौता

0
Shares

नविल बैंक तथा काठमाडौं महानगरपालिकाबीच ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट विशेष सौन्दर्यकरण सम्झौता भएको छ ।

सम्झौता अनुसार नबिलले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नयाँ सडक गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकमा १२ वटा एरोपोनिक स्तम्भहरु जडान गर्नेछ ।

आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानी प्रवाहित गरी बर्षै भरी फूललाई हरियालीयुक्त रमणीय बनाउन काठमाडौं महानगरपालिका तथा नविल बैंक लिमिटेडको सहकार्य रहने जनाइएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रमुख बिध्या सुन्दर शाक्यले नबिल बैंकसंगको सम्झौताले काठमाडौंको सुन्दरता बढाउने भएकोले धेरै उत्साहित भएको जानकारी दिए ।