अरुण सेक्युरिटिज ३ दिनका लागि निलम्बनमा


नेपाल स्टक एक्सचेन्जले स्टक ब्रोकर नम्बर ३ अर्थात अरुण सेक्युरिटिजलाई निलम्बन गरेको छ । अरुणलाई तीन कारोबार दिनका लागि निलम्बन गरिएको नेप्सेले जनाएको छ । नेप्सकोे विनियमावली बमोजीम कार्य सम्पादन नगरेको कारण देखाउँदै नेप्सेले अरुणलाई निलम्बन गरेको हो ।

नेप्सेका अनुसार अरुणलाई असार ५ गते विहीबारदेखि ९ गते सोमबारसम्मका लागि निलम्बन गरिएको हो ।

नेप्सेका अनुसार सदस्यता तथा कारोबार विनियमावलीको दफा ७ को उपदफा २ र दफा १२ को उपदफा १ अनुसार ३ दिनका लागि निलम्बन गरिएको हो ।