देवः विकास बैंकको भरतपुरमा शाखा विस्तार

0
Shares

देवः विकास बैंकले चितवनको भरतपुर महानगरपालिका, वडा नं १० मा नयाँ शाखा विस्तार गरेको छ । भरतपुर शाखा कार्यालयको शुक्रबार असार ०६ गते बैंक संचालक समितिका अध्यक्ष बज्र गरुङ्गले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रम बोल्दै अध्यक्ष गरुङ्गले दक्ष जनशक्ति र चुस्त प्रविधिलाई अधिकतम परिचालन गरी सेवाग्राहीलाई गुणस्तरिय सेवा प्रदान गर्न बैंक सदैव प्रयत्नशील रहेको बताए । सेवाग्राहीहरुलाई सहज र सुरक्षित बैकिङ्घ सेवा प्रदान गर्न बैकले देशको सातै प्रदेशको ५९ स्थानमा आप्mनो उपस्थिति जनाइसकेको र सातै प्रदेशको ग्रामीण क्षेत्रमा सेवा विस्तारलाई निरन्तरता दिइने उनले जानकारी गराए ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठज्यूले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन उत्पादनशील क्षेत्रमा कर्जा लगानी गरिने नीतिलाई अख्तियार गर्दै स्थानीयस्तरमा उद्यमशीलताको विकास गरी स्थानीय उत्पादकत्व बृद्धिका लागि सहकार्य गरिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिका, वडा नं. १० का वडा अध्यक्ष अरुण विनीत भण्डारीज्यूले देवः विकास बैंकको भरतपुर शाखाबाट प्रदान गरीने उत्कृष्ट सेवाबाट वडावासी लाभान्वित हुने मात्र नभई वडा क्षेत्रको आर्थिक कारोवारलाई बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै, यस क्षेत्रको आर्थिक गतिविधि बढाउन वडाको सहयोग र सहकार्य रहने बताए ।