४५ करोड खुद नाफा कमाएको शिखर इन्स्योरेन्सले लाभांश नबाँड्ने

0
Shares

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश (बोनस वा नगद) वितरण नगर्ने भएको छ।

कम्पनीले नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्ट्याण्डर्ड(एनएफआरएस) प्रणाली अनुरुप ४५ करोड ५५ लाख ७७ हजार ९२१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको भएपनि बीमा समितिले लागू गरेको एनएफआरएस अनुरुप नियमनकारी व्यवस्था बमोजिम जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट लाभांश प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ।

 

असार ५ गते सम्पन्न सञ्चालक समिति बैठकले बिना लाभांशको वित्तीय विवरण स्वीकृतिको लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ। बीमा समितिले लागू गरेको एनएफआरएस प्रणालीमा कम्पनीले गर्नुपर्ने व्यवस्था तथा जगेडा कोषमा रकम राख्नुपर्ने भएपछि कम्पनीका शेयरधनीहरुले लाभांश नपाउने भएका हुन्।

शिखर इन्स्योरेन्स आर्थिक वर्ष २०७४/०७५ मा एनएफआरएस बमोजिमको वित्तीय विवरण अनुसार ४५ करोड ५५ लाख ७७ हजार ९२१ रुपैयाँ र बीमा समितिको वित्तीय विवरण सम्बन्धि निर्देशन अनुसारको वित्तिय विवरणमा ३९ करोड ९२ लाख ७४ हजार ७८२ रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।

इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पाँच करोड तथा जगेडा कोषको आकार ४१ करोड ९ लाख बराबरको छ ।