एनआईसी एशिया बैंकको इसेवा काउन्टर डिपोजिट सेवा

0
Shares

एनआईसी एशिया बैंकले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो इसेवा खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुविधा ल्याएको छ।

हाल ग्राहक महानुभावहरूले आफ्नो मोवाइल बैंकिङ्ग वा इ-बैंकिङ्गबाट मात्र रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो। अब भने इसेवा काउन्टर डिपोजिटको सेवाबाट इसेवाको एजेन्ट तथा ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखामा गई काउण्टरबाट नै इसेवामा रकम जम्मा गर्न सक्नेछन्।

बैंकले देशभर २८४ शाखाहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकको करिब १६ लाख ग्राहक तथा बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ।