अजोड इन्स्योरेन्सले ३० करोडको साधारण सेयर निष्कासन गर्ने


अजोड इन्स्योरेन्सले साधारण सेयर निष्कासन गर्नका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । कम्पनीले आह्वान गरेको पहिलो साधारणसभामा नै साधारण सेयर निष्कासनको जिम्मेबारी सञ्चालक समितिलाइ दिने प्रस्ताव राखेको हो ।

कम्पनीले ३० करोड रुपैयाँ बरावरको साधारण सेयर निष्कासन गर्नका लागि आवश्इक निर्णय तथा प्रक्रिया सुरु गर्ने अधिकार सञ्चालक समितिलाइ दिनेछ । त्यसपछि सो साधारणसेयरका लागि आवश्यक प्रक्रिया अघि वढाउन सञ्चालक समितिलाइ बाटो खुला हुनेछ ।

इन्स्योरेन्सले साधारणसेयर निष्कासन सहित अन्य ७ वटा प्रस्ताव राखेर असार ३० गते सोमबार वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा कम्पनी नियमावलीको नियम २४(२)मा संसोधन गर्ने तथा उक्त संसोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा नियामक निकायबाट आएको निर्देशन अनुरुप आवश्यक संसोधन तथा परिमार्जन गर्न अख्तियारी प्रदान गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचन गर्ने, आर्थिक वर्ष २०७४।०७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, एनएफआरएस प्रतिवेदन, सञ्चालकहरुको बैठकभत्ता वृद्धि तथा आव २०७५।०७६ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव रहेका छन ।

अजोड इन्स्योरेन्स गत वर्ष देखि मात्रै सञ्चालनमा आएको नयाँ निर्जिवन बीमा कम्पनी हो । अजोड इन्स्योेन्सले जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न बाँकी नै रहेको छ । बीमा समीतिले निर्जिवन बीमा कम्पनीले न्यूनतम एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । हाल संस्थापकबाट ७० प्रतिशत हिस्सा बराबरको ७० करोड रुपैयाँ चुक्ता भैसकेको छ ।