नेपाल क्लियरिङ्ग हाउसकोे अध्यक्षमा नरेश शाक्य चयन

0
Shares

नेपाल क्लियरिङ्ग हाउसले नरेश शाक्यलाई अध्यक्षमा चयन गरेको छ । कम्पनीको १२८ औं सञ्चालक समितिको बैठकले शाक्यलाई सर्व–सम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक हुन् । त्यसै गरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नियूत्त गरेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक–एक जना प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । हालसम्म यसमा प्रत्यक्ष सदस्यको रुपमा ८० भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् भने ११ भन्दा बढि संस्थाहरु अप्रत्यक्षर टेक्निकल सदस्यका रुपमा आबद्घ रहेका छन् ।