माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साधारण सभा गाउँपालिकाको पत्रले भयो स्थगित


माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साधारण सभा स्थगित भएको छ । पुर्व निर्धारित कार्यतालिका अनुसार बुधबार साधारण सभा सुरु हुनै लाग्दा साधारण सभा स्थगन भएको हो ।

दोलखाको विगु गाउँपालिकाले साधारण सभा प्रकृयामा आपत्ति जनाउँदै स्थगन गर्न पत्राचार गरे पछि साधारण सभा स्थगित भएको हो । साधारण सभाको मितिभन्दा ३ दिन पहिले मात्र साधारण सभाको जानकारी आएको जनाउँदै गाउँपालिकाले कम्पनीमा सञ्चालक नियुक्ति प्रकृयामा गाउँपालिकाका स्थानीय सहभागि हुन नसक्ने भन्दै सभा स्थगनका लागि पत्राचार गरेको थियो ।

गाउँपालिकाले स्थानीयको मताधिकारको सम्मान गर्दै उनीहरुलाई पनि सञ्चालक नियुक्ति प्रकृयामा सहभागि गराउनु पर्ने व्यहोरा उल्लेख गर्दै साधारण सभा रोक्न आग्रह गरेको थियो । गाउँपालिकाको उक्त पत्रका आधारमा नै तामाकोशीको ११ औं साधारण सभा स्थगन भएको हो ।

कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आह्वान गरिएको साधारण सभामा लगानीकर्ताको बाले उपस्थिती थियो । तर एकाएक साधारण सभा स्थगन गरिएको घोषण भए पछि सबै अलमलमा परेका छन् ।

चार जना सञ्चालकका लागि एक दर्जन उम्मेदवारले उम्मेदवारी दिएका थिए । विगु गाउँपालिकाले निर्वाचन प्रकृयामा असहमति जनाए पछि सभा स्थगन गरिएको थियो । गणपुरक संख्या नपुगेको कारण देखाउँदै साधारण सभा स्थगित गरिएको कम्पनीले उदघोष गरेको छ । एक साता भित्रमा साधारण सभा सम्पन्न गर्ने जानकारी सभास्थलमा दिइएको छ ।

कम्पनीमा ८ लाख १८ हजार शेयरधनी छन् ।