हिमालयन बैंकको ५९ औ शाखा काठमाडौंको सुकेधारामा


हिमालयन बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको सुकेधारमा ५९ औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच शाखाको उद्घाटन गरे ।

शाखा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले नेपालको आधुनिक बैंकिङ्ग क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दौ र विश्वसनीय भएको दाबी गरे । नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंकका ग्राहकलाई अत्याधुनिक बैंकिंग सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता पनि श्रेष्ठले जनाए ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख रुपैंया निक्षेप संकलन गरि कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । बैंकले चालू वर्षको ९ महिनामा २ अर्ब ८६ करोड ५४ लाख रुपैंया संचालन मुनाफा आर्जन गरेको छ । हाल बैंकको एटिएम संख्या १२० र विप्रेषण भुक्तानी काउन्टर १३ हजार ५०० भन्दा बढी पुगेको छ ।