पञ्जाव नेशनल बैंक घोटालाका आरोपी निरव मोदीको स्वीस खाता रोक्का


पञ्जाव नेशनल बैंक घोटाला प्रकरणका योजनाकार मानिएका भारतीय अरबपति निरव मोदीको स्वीस खाता रोक्का गरिएको छ । बेलायतमा जेलमा रहेका मोदीको स्वीस खातासँगै उनी बहिनी पुर्वा मोदीको पनि स्वीस खाता रोक्का गरिएको छ । एजेन्सीका अनुसार रोक्का गरिएको मोदीको स्वीस बैंकमा ६० लाख डलर जम्मा थियो ।

पञ्जाव नेशनल बैंकमा २ करोड अमेरिकी डलर बराबरको घोटालामा आबद्ध भएको खुलासा भए पछि निरव फरार भएका थिए । त्यस यता उनी बेलायतको जेलमा कैदी जीवन बिताई रहेका छन् । भारत सरकारले उनको प्रत्यार्पणको माग गरिरहेको छ ।

मोदीले बेलायती अदालतमा जेलबाट मुक्ति पाउनका लागि दिएको आवेदन पनि अदालतले रद्ध गरिसकेको छ ।

हीरा व्यापारी मोदी विश्वका सयौं धनीको सूचीमा पर्छन ।