मौद्रिक नीति असार २७ गते सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति असार २७ गते सार्वजनिक गर्ने तयारी थालेको छ । मौद्रिक नीतिमा समावेश गरिने विषयवस्तुका सम्बन्धमा राष्ट्र बैंकले छलफललाई तिब्र बनाएको छ ।

राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टको नेतृत्वमा आगामी आर्थिक वर्षको मौद्रिक नीति तयार गर्ने काम भईरहेको बताइएको छ ।

मौद्रिक नीतिमा समावेश गरिनु पर्ने सुझाव सहित बैंक तथा वित्तीय संस्था, उद्योगी, व्यापारी, लगानीकर्ता लगायतले राष्ट्र बैंकलाई लिखित सुझाव दिइसकेका छन् ।