नेको इन्स्योरेन्सले घोषणा गर्यो गत वर्षको लाभांश   


नेको इन्स्योरेन्सले गत बर्षको कमाइबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

जस अनुसार कम्पनीले १४ करोड ११ लाख रूपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको ७४ लाख २९ हजार रूपैयाँ नगद लाभांश वितरण गर्नेछ ।प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि मात्रै शेयरधनीहरुलाई वितरण हुनेछ । 

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख छ , बोनसपछि चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख पुग्नेछ । 
कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २५ करोड १५ लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २८ रूपैयाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ २०९ रूपैयाँ २९ पैसा कायम गरेको छ ।