सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा पुन रतनलाल केडिया चयन


सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतनलाल केडिया चयन भएका छन । 

कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैंठकले केडियालाई अध्यक्ष चयन गरेको हो ।

केडिया यसअघि पनि सञ्चालक समितिको अध्यक्ष थिए ।
इन्स्योरेन्स कम्पनीको असार १३ गते सम्पन्न साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकहरुको निर्विरोध चयन गरेको थियो ।

साधारण सभाले रतनलाल केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि सञ्चालकमा चयन गरेको हो ।