प्रिमियर इन्स्योरेन्सको ८४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई बितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
इन्स्योरेन्सले घोषणा गरेको ८४ प्रतिशत लाभांश पारित गर्न कम्पनीले असार ३१ गते साधारणसभा बोलाएको छ ।

लाभांश तथा साधारणसभा प्रयोजनका लागि असार २० गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द हुने भएकाले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन असार १९ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

इन्स्योरेन्सको जेठ १७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७९.७९ प्रतिशत बोनस तथा ४.२० नगद लाभांश गरी कुल ८३.९९ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ५८ करोड ४० लाखको ७९.७९ प्रतिशत बोनस बापत ४६ करोड ६० लाख वितरण गर्ने छ भने कर प्रयोजनका लागि २ करोड ४५ लाख वितरण गर्नेछ । बोनस बितरण पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब ५ करोड नाघ्नेछ ।