३२ अर्बको माग दाबीसहित मुद्दा


विभागले चालू आर्थिक वर्षमा आर्थिक अपराधसम्बन्धी ८८ घटनामा २३८ जनाविरुद्ध ३२ अर्ब रुपैयाँको बिगो र जरिवानाको माग दाबी गरी मुद्दा दायर गरिसकेको छ । विभागले २३४ वटा अपराधका घटनाको अनुसन्धान जारी राखेको छ । आठ अर्बभन्दा बढीको नक्कली बिल बनाएर राजश्व छली गर्ने १०० वटा फार्म्विरुद्ध समेत मुद्दा अगाडि बढाएको विभागले जनाएको छ ।

बाटोमा भेटिएको अपरिचितको नागरिकता प्रयोग गरी नक्कली कम्पनी खडा गर्ने, सरकारी कागजात र नक्कली बिलबीजक छाप्ने, मूल्य अभिवृद्धि कर (भ्याट) बिल, प्यान बिल, नक्कली बीजक बिक्री गरी राजश्व छल्नेदेखि नक्कली कारोवार गर्ने, कीर्ते गर्ने, वैदेशिक रोजगारीमा कर छली गर्ने, हुण्डीमार्फत अवैधरूपमा अन्तरदेशीय कारोवार गर्ने, विदेशी मुद्रा अपचलन गर्ने गिरोह र अर्थतन्त्रलाई उन्नत हुन नदिने सङ्गठित अपराधविरुद्ध मुद्दा चलाएको छ ।