एक महिनामा ७४ अर्ब विप्रेषण थपियो


आर्थिक वर्ष २०७५/७६ को ११ औ महिना अर्थात जेठमा मात्र ७३ अर्ब ७२ करोड रुपैयाँ विप्रेषण आप्रबाह भएको छ । गत आवको बैंशाखसम्ममा ७२५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स आएकोमा जेठमा वढेर ७९९ अर्ब.२ करोड रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको सोहि अवधिसंग तुलना गर्दा रेमिट्यान्स आप्रबाह जेठमा १७.५ प्रतिशतले वढेको छ । बैंशाख महिनामा भने गत आवको सोहि अवधिको तुलनामा १९.६ प्रतिशतले वढेको थियो ।

तर, गत आर्थिक वर्षको जेठमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वढेको भएपनि अघिल्लो आवको जेठमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वढको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति १६.६ प्रतिशतले वृद्धि भई ९०५ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ०.१ प्रतिशतले बढेको थियो ।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३७.३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो ।