एभरेष्ट इन्स्योरेन्सको २५औ वार्षिकोत्सवको अवसरमा रक्तदान

0
Shares

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

श्रावण ७ गते मंगलवारका दिन कम्पनीको प्रधान कार्यालय हात्तिसारमा भएको रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी एवं अन्य सहभागी समेत गरि जम्मा ३६ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त संचार सेवाको सहकार्यमा सम्पन्न रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत  कमल गौतमले विषेश धन्यवाद सहित प्रमाण पत्र प्रदान गरे ।