एलआईसी नेपालको ३४.४६ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट वितरण गरेको ३४.४६ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

३४.४६ प्रतिशत बोनस पश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता ११८७ रुपैयाँ ७० पैसा कायम भएको छ । बिहीबार यसै मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।

कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि साउन ९ गते बिहीबारदेखि शेयर दाखिला खारेजी गरेको छ । यसअनुसार कम्पनीको लाभांश साउन ८ गते बुधबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन्।

एलआईसीले साउन २४ गते नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डपमा बिहान ९.३० बजे साधारण सभा डाकेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ३४.४६ प्रतिशत बोनस र ३५.५४ प्रतिशत नगद लाभांश गरि कूल ७० प्रतिशत लाभांश अनुमोदन गर्नेछ । बोनसपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार २ अर्ब कायम हुनेछ ।