नेको इन्स्योरेन्सले डाक्यो साधारण सभा, १२ प्रतिशत बोनस पारित गर्ने

0
Shares

नेको इन्स्योरेन्सले भदौं १४ गते २३ औं वार्षिक साधारण सभा बोलाएको छ। इन्स्योरेन्सको साधारण सभाले १२ प्रतिशत बोनस पारित गर्नेछ ।

कम्पनी संचालक समितिले गत आर्थिक बर्षको कमाई १२ प्रतिशत बोनस अर्थात १४ करोड ११ लाख ५३ हजार रुपैयाँ र कर प्रयोजनको लागि ०.६३ प्रतिशत अर्थात ७४ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको थियो ।

इन्स्योरेन्सको हाल चुक्ता पूँजी १ अर्ब १७ करोड रुपैयाँ छ । बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी पुर्याइसकेको इन्स्यारेन्सको लाभांश वितरणपछि चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

साधारण सभा प्रयोजनको लागि इन्स्यारेन्सले भदौ ३ गते शेयर दाखिला खारेज गर्ने भएको छ। त्यस अनुसार भदौ २ गतेसम्म कायम शेयरधनीले मात्रै बोनस लाभांश पाउनेछन्।