प्रभु बैंकको शाखा संञ्जाल १९० पुग्यो, पर्वतको मोदी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा शाखा विस्तार

0
Shares

प्रभु बैंकले कास्कीको अन्नपूर्ण ७ बिरेठाँटी र पर्वतको मोदी गाउँपालिका- ६ डिमुवा शाखाको सोमबार औपचारिक उद्घाटन गरेको छ ।

शहरी साथै ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउन बैंकले शाखा विस्तारलाई जोड दिँदै आइरहेको छ ।

अन्नपूर्ण गाउँपालिका वडा न. ७, स्थित बिरेठाँटी शाखाको अन्नपूर्ण गाउँपालिका ७ का वडाअध्यक्ष घनश्याम चापागाईं र मोदी गाउँपालिका वडा न. ६, स्थित डिमुवा शाखाको मोदी गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले उद्घाटान गरेका हुन्।

हाल प्रभु बैंकको देशभरि यस शाखा सहित १९० शाखा रहेका छन् ।

प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख शान्ति शेरचनले ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा थपिएको शाखाको सञ्चालनबाट सो क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको र ग्राहकको सेवा सुबिधामा कुनै कसुर बाँकी नराख्ने बताए।