लक्ष्मी भ्यालु फण्ड १ ले घोषणा गर्यो गत आर्थिक वर्षको लाभांश

0
Shares

लक्ष्मी भ्यालु फण्ड १ ले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बुधबार सम्पन्न सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/०७६ को लागि कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव सन्दीप प्रधानले जानकारी दिए ।

लक्ष्मी बैंकको प्रवद्र्धनमा सञ्चालित लक्ष्मी भ्यालु फण्ड १ लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको पहिलो सामूहिक लगानी कोष हो । कम्पनीले लक्ष्मी इक्विटी फण्ड नामको दोस्रो योजना समेत सञ्चालन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असार मसान्त सम्ममा लक्ष्मी भ्यालु फण्ड १ को प्रति इकाइ खुद मूल्य ११.९८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: १६ साउन २०७६, बिहीबार  ११ : ३६ बजे