सुनको भाउमा नयाँ रेकर्ड, नेपाली बजारमा हाल सम्मकै उच्च मूल्यमा कारोबार

0
Shares

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ६५ हजार ८०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो ।

तेजाबी सुन पनि प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य एकैदिन प्रतितोला ८०० रुपैयाँले बढेको छ ।  बिहीबार छापावाला सुन प्तितोला ६५ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा महासंघले जनाएको छ । साथै केन्द्रिीय बैंकले बैंकमा सुन जम्मा गरेर ब्याज पाउने व्यवस्था गरेपछि पनि बजारमा सुनको मूल्य बढ्न थालेको छ ।

शुक्रबार चाँदीको मुल्य भने स्थिर छ । शुक्रबार चाँदी अघिल्लो दिनको मुल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेकोे छ ।