प्राइम लाइफको खुद बीमा शुल्क ६५ करोड तथा नाफा साढे ४४ प्रतिशतले बढ्यो

0
Shares

प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्म अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६५ करोड बढी खुद बीमा शुल्क आर्जन गरेको छ।

गत असार मसान्तसम्म कम्पनीले २ अर्ब ८६ करोड ७४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २ अर्ब २१ करोड २४ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ४४.७१ प्रतिशतले बढेको छ । कम्पनीले असारमसान्तसम्म ३१ करोड ३० लाख खुद नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीको नाफा २१ करोड ६३ लाख थियो । कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ७७ करोड ३६ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब ७८ करोड ४८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष एक अर्ब २४ करोड माथि पुगेको छ । कम्पनीले ३९ करोड ६८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । जसले ३ लाख ५५ हजार पोलिसी बिक्री गरेको छ ।

यस्तै जीवन बीमा कोषमा ८ अर्ब ९० करोड र महाबिपत्ती कोषमा १२ करोड ३५ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा, प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ७० पैसा र मूल्यआम्दानी अनुपात २५.०३ गुणा छ ।