सेयर बजार घट्ने क्रम रोकियो, पुँजीगत लाभकरको समाधान आउने भएपछि लगानीकर्ता उत्साहित


नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक घट्ने क्रम रोकिएको छ । पछिल्ला दिनहरुमा निरन्तर घट्दो क्रममा देखिएको नेप्से परिसूचक बुधबार वढेको हो । बुधबार नेप्से परिसूचक करिब ३ अंकले वढेको भएपनि कारोबार रकम भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेप विचको ब्याजअन्तर गणना विधि परिवर्तन गरेपछि बैंक वित्तीय संस्थाको नाफामा कमी आउने अवस्था थियो । तर, त्यस विषयमा बैंकर्स संघले गणना विधिको विषयमा राष्ट्र बैंकले पुर्नविचार गर्न आग्रह गरेको र केन्द्रीय बैंकले पनि सकारात्मक संकेत देखिएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो । त्यसका साथै लामो समयदेखि अन्योलमा रहेको पुँजीगत लाभ करको गाणना पनि समाधान उन्मूख भएपनि लगानीकर्ताको मनोवल सकारात्मक भएको हो । अर्थमन्त्रालयले पुँजी गत लाभकरको विषयमा ३ दिन भित्र निर्णय गर्न नेपाल धितोपत्र बोर्डलाइ निर्देशन दिएका कारणले पनि बुधबार बजार सुचक सकारात्मक भएको हो ।
बुधबार नेप्से परिसूचक २.७५ अंकले वढेको भएपनि कारोबार रकम भने सुधार आउन सकेको छैन । मंगलबार ४५ करोड बढीको शेयर किनबेच भएको सेयर बजारमा बुधबार घटेर ३६ करोड ८६ लाखमा सिमित भएको छ ।
बुधबार कारोबार सुरु भएदेखि घट््दो क्रममा रहे पनि करिब एक घण्टापछि देखि बजारसुचक सकारात्मक हुन थालेको हो । सो सुधारको क्रम कारोबार बन्द हुँदा सम्म कायम रह्यो । बुधबार नेप्से परिसूचक २.७५ अंकले वढेर १२४८.४८ अंकमा पुगेको छ ।
बुधबार बाणिज्य बैंक तथा विमा कम्पनीको सेयर मूल्य सुधार आएपछि समग्रबजार सुचक वढेको हो । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक २६.०३ अंकले वढेको छ । यस दिन सबैभन्दा धेरै नेपाल एग्रो लघुवित्तिय संस्थाका लगानीकर्ता १० प्रतिशतका दरले कमाएका छन् । धेरै गुमाउनेमा सान्जेन जलविद्युत कम्पनीका लगानीकर्ता छन् । यसको भाउ करिब १० प्रतिशतले ओरालो लागेको छ ।