नेप्सेमा नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

0
Shares

नेप्समा नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ७ दशमलव ५० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य प्रतिकित्ता ३२१.८६ रुपैयाँ तोकेको छ ।

नेपाल इन्स्योरेन्सको शेयर बिहीबार दोस्रो बजारमा प्रतिकित्ता ३४६ रुपैयाँमा कारोबार बन्द भएको थियो।

कम्पनीले बोनस शेयर प्रयोजनको लागि साउन २४ गते शुक्रबारदेखि बुकक्लोज गरेकाले २३ गते बिहीबारसम्म कायम भएका शेयरधनीले मात्र इन्स्योरेन्सको बोनस पाउनेछन् ।

कम्पनीले लाभांश वितरण गर्न भदौ ८ गते ७० औं वार्षिक साधारण सभा आब्हान गरेको छ।