लाइफ इन्स्योरेन्स कर्पोरेशनको ७० प्रतिशत लाभांश पारित

0
Shares

लाइफ इन्स्यारेन्स कर्पोरेशन (नेपाल) को शुक्रवार काठमाडौंमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन ९ गतेदेखि बुक क्लोज गरेकोले सो लाभांश साउन ८ गते बुधवारसम्म कायम शेयरधनीले मात्र पाउने छन् ।

कम्पनीले बोनस शेयर वितरणपश्चात कायम हुन आउने दशमलव पछिको अंकलाई सम्वन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने जनाएको छ । साथै, आव २०७५/०७६ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक मदन निरौलालाई पुनः नियुक्ति दिएको छ ।

हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार छ । प्रस्तावित ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ९९ लाख ५९ हजार पुग्नेछ ।