राष्ट्रिय वाणिज्य बैंक पनि जोडियो कनेक्ट आईपीएस प्रणालीमा

0
Shares

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमा राष्ट्रिय वाणिज्य बैंक पनि आवद्ध भएर कारबोर संचालनमा ल्याएको छ ।

अब, राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले पनि अब यस डिजिटल भुक्तानी प्रणाली मार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध विभिन्न भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी , नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवाप्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । सेवा प्रदायकहरुको पोर्टलमा कनेक्ट आईपीएसको पेमेन्ट प्रोसेसर (गेटवे), अथवा www.connectips.com अथवा मोबाईल एपको प्रयोग गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।

यस प्रणालीमा हाल सम्म ५७ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरुले उक्त सेवा उपलब्ध गराईरहेका छन् ।