‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२’ मा भदौ २ गतेसम्म आवेदन दिन पाइने

0
Shares

सिद्धार्थ क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्र्तगत संचालनमा ल्याउन लागेको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ मा भदौ २ गतेसम्म आवेदन दिन पाइने भएको छ ।

क्यापिटलले साउन २३ गतेदेखि एक अर्ब ४० करोड रुपैयाँ बराबरको १४ करोड ईकाई बिक्री खुला गरेको छ । सर्बसाधारणले प्रति ईकाई १० रुपैयाँका दरले १०० देखि एक करोड ४० लाख ईकाईसम्म खरिद आबेदन दिनसक्ने छन् ।

आवेदन दिन पाउने छिटोमा साउन २७ गते सोमबारसम्म रहेको छ । छोटो अवधिमा निष्काशित सबै इकाई बिक्री हुन नसकेपछि म्याद थप गरी भदौ २ गतेसम्म कायम गरिएको क्यापिटलले जनाएको छ ।

दश वर्षे अवधिको यो योजानमा लगानी गर्दा बार्षिक रुपमा प्रतिफल पाईने र ईकाई बिक्रीमा करकट्टी गर्नु नपर्ने कानुनी ब्यवस्था रहेको क्यापिटलले जनाएको छ ।

सिद्धार्थ म्युचुअल फण्डको कोष प्रबद्र्धको रुपमा सिद्धार्थ बैंक रहेको छ । साथै योजना व्यावस्थापकको रुपमा सिद्धार्थ क्यापिटल रहेको छ । १० करोड ४० लाख इकाई बिक्री गरी संकलन हुने एक अर्ब ४० करोड रुपैयाँ अधिकासं शेयर बजारमा नै लगानी गर्ने योजना रहेको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिलसीनाले बताए ।

सो योजनाले बार्षिक औसत प्रतिफल २० प्रतिशत दिने प्रक्षेपण गरेको छ । बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले योजना ब्यवस्थापक तथा डिपोजिटरीको रुपमा कार्य गर्नेछ । सिद्धार्थले यसभन्दा अघि २ वटा योजनाको व्यवस्थापन गरी लगानीकर्तालाइ प्रतिफल सहित फिर्ता गरीसकेको हुदाँ यो अनुभवले पनि आगामी योजनाहरु व्यवस्थापनमा सहज हुने उनको भनाई छ ।

यो सिद्धार्थ क्यापिटलको चौथौ म्युचुअल फण्ड हो । हाल सिद्धार्थ क्यापिटल मार्फत सञ्चालीत सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम परिपक्क भइ खारेज भइसकेको छ भने सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम र सिद्धार्थ इक्विटी फन्ड सञ्चालनमा रहेका छन् ।

क्यापिटलले पहिलो योजनामा बार्षिक औसत ४८.४५ प्रतिशतसम्म प्रतिफल दिएको थियो । सिद्धार्थ म्यूच्यूअल फण्डले पहिलो योजना परिपक्क गरी इकाइधनीलाई फिर्ता पनि गरीसकेको छ । सो योजनाका इकाइ धनीले १० रुपैयाँ लगानी प्रति इकाई २१ रुपैयाँ ७७ पैसा फिर्ता पाएका थिए ।

त्यसैगरी सिद्धार्थको दोस्रो योजना पनि परिपक्क हुने अवस्थामा छ । दोस्रो योजनाका इकाइधनीले बार्षि औसत प्रतिफल ५३ प्रतिशत लिएका छन । सो योजना परिपक्क हुदाँ इकाइधनीले १३ रुपैयाँ भन्दा माथि पाउने अवस्था छ । त्यसैगरी तेस्रो योजना सञ्चालन गरेको सिद्धार्थ सामुहिक लगानी कोषले इकाइ धनीलाइ ११ प्रतिशत लाभासं वितरण गर्न घोषणा गरीसकेको छ ।

हाल शेयर बजारमा लगानी गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएका १५ वटा सामुहिक लगानी कोषहरु सञ्चालनमा रहेका छन ।