नेपाल टेलिकमले ल्यायो अन्तराष्ट्रिय रोमिङ शुल्कमा छुट अफर

0
Shares

नेपाल टेलिकमले अन्तराष्ट्रिय रोमिङ शुल्कमा छुट उपलब्ध गराएको छ । टेलिकमले जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध गराएको रोमिङ सेवामा छुट अफर ल्याएको हो ।

अब, जिएसएम प्रिपेड मोबाइल सेवामा भारतमा रहँदा नेपाल लगायत जुनसुकै मुलुकबाट आएको फोन उठाउँदा प्रतिमिनेट करसहित १४ रुपैयाँ मात्र लाग्छ । यसैगरी भारतमा रहँदा उक्त सेवामार्फत नेपालमा वा भारतमा फोन गर्दा प्रतिमिनेट करसहित ३० रुपैयाँ लाग्नेछ भने २४ रुपैयाँमा विश्वभर सन्देश पठाउन सकिनेछ ।

यस्तै, चीनमा रहेका बेला नेपालमा फोन गर्दा प्रतिमिनेट ९० रुपैयाँ र नेपाल लगायत विश्वका जुनसकै मुलुकबाट आगमन कलको शुल्क प्रतिमिनेट ५३ रुपैयाँ लाग्ने छ । यसैगरी चीनभरी जुनसुकै नम्बरमा (कम्पनीको जिएसएम प्रिपेड मोबाइलमा समेत) कुरा गर्दा प्रतिमिनेट ५० रुपैयाँ र त्यहाँबाट विश्वभर जम्मा ५४ रुपैयाँमा सन्देश पठाउन सकिने छ ।

सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि सुरु गरेको रोमिङ सेवा अहिले विश्वभरका ८७ वटा मुलुकबाट उपलब्ध छ । कम्पनीले जीएसएम पोष्टपेड मोबाइलमा रोमिङ सुविधा उपलब्ध गराउँदा राखिने न्यूनतम धरौटी शुल्कलाई ३० हजारबाट घटाएर १० हजार रुपैयाँ मात्र कायम गरेको छ ।

कम्पनीले ०७६ बैशाख १६ देखि जिएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु चीन र भारतमा अन्तर्रा्ष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको थियो ।

रोमिङ सुविधा लिएपछि नेपाल टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाल लगायत विश्वभरका मुलुकमा फोन गर्न, आएको फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थानीय मोबाइल अपरेटरका नम्बरमा पनि कुरा गर्न र सन्देश आदानप्रदान गर्न सकिनेछ ।