सुनको भाउ ऐतिहासिक उचाईमा, प्रतितोला ७१ हजार पुग्यो

0
Shares

सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेर अहिलेसम्मकै ऐतिहासिक उचाईमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम गरेको हो। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको हो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७० हजार ७ सय पुगेको छ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ। सोमबार प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ८ सय ३५ मा कारोबार भएको छ।

अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउकाले निरन्तर सुनको मूल्य बढेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको हो।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुन चाँदीजस्ता बहुमूल्य धातुलाई बैंक निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरेको छ। यो व्यवस्थाले पनि नेपाली बजारमा सुन तथा चाँदीको भाउ बढ्न सहायोग पुगेको बताईन्छ।