सानिमा क्यापिटलको सेवा शेयर मार्केट कम्प्लेक्सबाट

0
Shares

सानिमा क्यापिटलले साउन २८ गतेदेखि पुतलिसडकबाट सेवा दिने भएको छ । यसअघि नारायणचौर नक्सालबाट सेवा दिँदै आइरहेको क्यापिटलले पुतलीसडकमा रहेको शेयर मार्केट कमर्शियल कम्प्लेक्सको दोस्रो तल्लामा सरेको छ ।

सानिमा क्यापिटल मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्न खोलिएको सानिमा बैंकको सहायक कम्पनी हो।

सानिमा क्यापिटलले शेयरसम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने, शेयर रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने जस्ता शेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु तथा लगानी व्यवस्थापन सेवा समेत प्रदान गर्दै आइरहेको छ ।