पोखराको न्यूरोडमा भीषण आगलागी (भिडियो) , ३२ सटर जल्दा करोडौं नोक्सान

0
Shares

कास्कीको पोखरा महानगरपालिका न्यूरोडमा भीषण आगलागी हुँदा ३२ वटा सटर जलेर नष्ट भएका छन् । भाटभाटेनी सुपरमार्केट नजिकैको जोडिएको एस मिनी मार्केटमा मंगलबार अपरान्ह आगलागी भएको हो ।

आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम हाउस तथा पर्दा पसल गरि करिव ३२ वटा सटरमा क्षति पुगेको छ ।

पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानि ट्यांकरको सहायतामा सुरक्षाकर्मी र स्थानीयको उपस्थितिमा आगलागी नियन्त्रण गर्ने प्रयास भैरहेको छ । दिउसो करिब ४ बजे देखि सुरु भएको आगलागी नियन्त्रणमा स्थानीय र सुरक्षाकर्मीहरु खटिएका थिए।

आगलागीबाट मिनी मार्केट भित्रका सटरका अधिकांश सामग्री जलेर नष्ट भएका छन् भने आसपासका शिवशक्ति फर्निचर लगायतका सटरबाट स्थानीय र प्रहरीको सहयोगबाट सामानहरु सार्ने काम भैरहेको छ ।