प्रिमियर इन्स्योरेन्सको नाफा पौने ८ करोडले वढ्यो


प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ७ करोड ७७ लाख रुपैयाँले खुद नाफा वढाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५÷७६ को चौंथो त्रैमाससम्ममा २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
इन्स्योरेन्सले अघिल्लो आवमा कम्पनीले १६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा इन्स्योरेन्सले ८० करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ८१ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा इन्स्योरेन्सको खुद बीमा शुल्क एक करोड रुपैयाँले घटेको हो ।
इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट २० करोड ५० लाख, लगानी कर्जा तथा अन्य आयबाट ९ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधि सम्ममा इन्स्योरेन्सले एक लाख ८९ हजार १५६ बीमालेख जारी गरी एक अर्ब ६४ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
७ हजार १२ दाबी वापत ९९ करोड ८७ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ भने ४ हजार ८५३ दाबी वापत एक अर्ब ९३ करोड ६१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यस अवधिमा इन्स्योरेन्सको ७ हजार १९७ बीमालेख नविकरण भएका छन्।
चुक्ता पूँजी एक अर्ब ७ करोड रुपैंया रहेको इन्स्योरेन्सको जगेडा कोषमा १५ करोड ७३ लाख रुपैयाँ, बीमा कोषमा ४८ करोड ६४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ४४ लाख रुपैयाँ सञ्चित छ।
गत आर्थिक वर्षको असार मसान्त सम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ०५ पैसा र मूल्य आम्दानी अनुपात २१।४४ गुणा छ।