आइएमइ जनरलको नाफा १७ करोड १२ लाख


आर्थिक वर्ष २०७५/२०७६ मा आइएमइ जनरल इन्स्योरेन्सले १७ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १.४५ प्रतिशतले मात्र धेरै हो ।


गत आर्थिक वर्षको कम्पनीले कुल ५१ करोड ३० लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४३ करोड ३० लाख रुपैयाँ मात्र बिमा शुल्क संकलन गरेको गियो ।
यो अवधिमा कम्पनीका पोलिक होल्डरको संख्यामा भने २६.३२ प्रतिशतले वृद्धि आइ ६३ हजार एक सय ८२ पुगेको छ । तर, यो संख्या अघिल्लो आवमा ५० हजार १५ मात्र थियो ।

हाल एक अर्ब २ लाख चुक्ता पुँजी भएको कम्पनीको गत आवमा १८ करोड २२ लाख रुपैयाँ सञ्चित कोषमा जम्मा गरेको छ । साथै कम्पनीको विमा कोष १७ करोड ७९ लाख वाट वढेर अघिल्लो आवको अन्तिसम्ममा २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको प्रति सेयर बितावी मूल्य १४३.७७ रुपैयाँ रहेको छ भने प्रति सेयर आम्दानी १६.७८ रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २१.७५ प्रतिशत रहेको छ ।