माउन्टेन डिउमा गुट्खाको खोल भेटिएपछि वेभरेजलाई जरिवाना


जिल्ला अदालत मकवानपुरले बहुराष्ट्रिय कम्पनी बरण बेभेरेजलाईरु दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

माउण्टेन डिउको सिल नखोलिएको बोतलभित्र गुट्काको खोल फेला परेपछि उपभोक्ता हित संरक्षण मञ्चले घरेलु तथा साना उद्योग कार्यालयमार्फत जिल्ला अदालतमा सो मुद्दा दायर गरेको थियो ।

 

जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलाशले उपभोक्ता ऐन २०५४ को दफा(१८)को बमोजिम रु दुई लाख जरिवाना गराउने फैसला गरेको हो । यस फैसलाले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिँदै अन्य उत्पादक उद्योगसमेत सचेत हुने उपभोक्ता हित संरक्षणमञ्चका उपाध्यक्ष अजय अधिकारीले बताए ।