साताभर नेप्सेमा एक अर्ब ७८ करोडको कारोवार


नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा यो साता एक सय ७१ कम्पनीको सेयर किनबेच हुदाँ बजार सुचक साढे १४ अंकले घटेर अन्तिम दिन बिहीबार १२२४.०३ अंकमा झरेको छ ।
नेप्सेका अनुसार यो साता कूल एक अर्ब ७८ करोड ९२ लाख २३ हजार ६६६ रुपैयाँ बरावरको ७५ लाख ४४ हजार १३ कित्ता शेयर सेयर खरिद बिक्री भएको छ । गत साताको अन्तिम दिन अर्थात् यही साउन २३ गते १२३८.५६ मा बन्द भएको थियो ।
यो साता साताको शुरुआती दिनअर्थात् आइतबार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा झ¥यो । आइतबार कूल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर रु ३१ करोड १७ लाख ५६ हजार ८५६ मूल्यमा खरीद बिक्री थियो ।
यस्तै सोमबार नेप्से परिसूचकमा झिनो अङ्कले सुधार भयो । सो दिन परिसूचक ०.१३ बिन्दुले सुधार आई एक हजार २३३.८५ बिन्दुमा कायम भयो । उक्त दिन कूल १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता शेयर रु ३१ करोड ४२ लाख २८ हजार ९२१ मूल्यमा खरीद बिक्री भएको थियो ।
मङ्गलबार पनि नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २३१.०७ मा पुग्यो । कूल १६५ कम्पनीका १८ लाख ९६ लाख ४५४ कित्ता शेयर रु ४८ करोड १६ लाख २९ हजार ७६० मा खरीद बिक्री भएको थियो ।
बुधबार नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन परिसूचक ५.१७ बिन्दुले घटेर एक हजार २२५.९० मा झ¥यो । कूल १६९ कम्पनीका १० लाख ६९ हजार ६९० कित्ता शेयर रु २५ करोड ७२ लाख ८५ हजार एकमा खरीद बिक्री भएको हो ।
साताको अन्तिम दिन बिहीबार पनि नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह््यो । सो दिन परिसूचक १.८६ बिन्दुले घटेर एक हजार २२४.०३ मा पुग्यो । परिसूचक घटेसँगै कारोवार रकम पनि औसतमै सीमित रह्यो । कूल १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर रु ४२ करोड ४३ लाख २३ हजार १२८ मा कारोवार भयो ।
साता भर कारोवारका आधारमा दुई जलविद्युत् कम्पनीसहित वाणिज्य बैंकको बोलवाला रह्यो । माछापुच्छ«्रे बैंक शीर्ष स्थानमा रहँदा रसुवागढी जलविद्युत् कम्पनी, लक्ष्मी बैंक, नेपाल बैंक, साञ्जेन जलविद्युत् कम्पनी, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कृषि विकास बैंक, सनराइज बैंक र एनआइसी एशिया बैंक क्रमशः दश कम्पनीका शेयर कारोवार भए ।
बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम शीर्ष स्थानमा रह्यो । नविल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, एनआइसी एशिया बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक बजार पूँजीकरणका आधारमा उत्कृष्ट दश कम्पनीमा पर्न सफल भए । यस साता दुई कम्पनीका शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भए । सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको १३ लाख ५८ हजार २८० कित्ता शेयर लाभांश र नेपाल इन्भेस्ट बैंकको २७ लाख ९८ हजार ४१९ कित्ता अर्डिनरी शेयर सूचीकृत भए ।