युनिलिभरले एक वर्षमा कमायो एक अर्ब ६ करोड खुद नाफा

0
Shares

शेयर बजारमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा महङ्गो शेयर मूल्य भएको युनिलिभर नेपाल लिमिटेडल गत आर्थिक वर्षमा व्यापार तथा मुनाफा सामान्य सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

युनिलिभरले गत आर्थिक वर्षमा १ अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा युनिलिभरले ९९ करोड ९२ लाख रुपैयाँ गरेको थियो । अघिल्लो वर्षको भन्दा कम्पनीको नाफा करिव ७ करोड रुपैयाँ मात्र बढाएको हो ।

गत वर्ष युनिलिभरले ६ अर्ब २६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष ५ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो।

असार मसान्तसम्म कम्पनीले ५ अर्ब ७५ करोड बढीको आफ्ना उत्पादनहरु बिक्री गरेर आम्दानी गरेको छ । अन्य आम्दानीबाट ५१ करोड रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा कम्पनीको खर्च ४ अर्ब ८९ करोड ९७ लाख छ ।

कम्पनीको मुनाफामा सुधार भएसँगै प्रतिशेयर आम्दानीमा पनि ७३ रुपैयाँले सुधार भएको छ। गत बर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११५८ रुपैयाँ ०९ पैसा कायम भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १०८४ रुपैयाँ ९१ पैसा रहेको थियो।

चुक्ता पूँजी ९ करोड २१ लाख रअ‍ेको कम्पनीको जगेडा कोषमा दुई अर्ब २३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ । अघिल्ले आवको यसै अवधिमा कम्पनीको जगेडा कोषको आकार एक अर्ब ८१ करोड १४ लाख सञ्चित थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ दुई हजार ५२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.४९ छ ।

हाल यो कम्पनीको दोस्रो बजारमा शेयरमूल्य १९ हजार ८ सयको हाराहारीमा रहेको छ ।