युनाइटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद शेयरमा आवेदन खुल्यो

0
Shares

युनाइटेड इन्स्योरेन्सले भदौ ३ गतेबाट हाल कायम चुक्ता पूँजीको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयरको बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।

उक्त हकप्रदमा साउन १३ गते सम्म कायम शेयर धनीले आगामी असोज ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

युनाइटेडको हाल चुक्ता पूँजी ३० करोड २४ लाख छ । हकप्रद बिक्रीपछि चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख पुग्नेछ ।