सिडीएससीको मेरो शेयर सफ्टवेयरमा केहि दिन प्राविधिक समस्या आउँन सक्ने

0
Shares

केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ्ग) को मेरो शेयर सफ्टवयर संचालनमा केहि दिन समस्या आउनसक्ने सिडिएसीले जनाएको छ ।

पूँजीगत लाभकर गणनाका लागि सो सफ्टवेयरमा डाटा माईग्रेशन सम्बन्धी कार्य भईरहेकाले केहि समस्या आउन सक्ने बताइएको छ ।

सिडिएसीले लगानीकर्ताको लागत प्रवृष्टि गरि भारित औसत गणना गर्ने व्यवस्था गर्न लागेको छ । उक्त सिस्टममा केहि समयका लागि नखुल्ने, कुनै मोडयुलहरु नखुल्ने जस्ता समस्याहरु आउनसक्ने भन्दै इमेलमा प्रतिक्रिया दिन सिडिएससिले प्रयोगकर्तामा अनुरोध गरेको छ ।