अमेरिकी आर्थिक वृद्धिलाई सुनिश्चित गर्नेगरी केन्द्रीय बैंकले काम गर्छ : पावेल

0
Shares

विश्वको आर्थिक वृद्धिमा देखिएको सुस्तताले निम्त्याउनसक्ने महत्वपूर्ण आर्थिक सङ्कटका समयमा पनि आफूले अमेरिकी आर्थिक विकासलाई सुनिश्चित गर्नेगरी काम गर्ने फेडरल रिजर्बका प्रमुख जेरोम पावेलले शुक्रबार बताएका छन ।

अमेरिकाले चिनियाँ सामानको आयातमा आगामी डिसेम्बर १५ पछि कर वृद्धि गर्ने घोषणाको प्रतिउत्तरमा अमेरिका–चीन व्यापार विवादलाई थप निरन्तरता दिँदै आगामी सेप्टेम्बर १ र डिसेम्बर १५ गरी दुई चरणमा विभिन्न पाँच हजार ७८ अमेरिकी सामानहरूमा पाँचदेखि १० प्रतिशतसम्म कर वृद्धि गर्ने घोषणापछि पावेलले भने, “व्यापार विवादले विश्वव्यापी आर्थिक विकासलाई सुस्त बनाउँदै गएको तर आर्थिक सङ्कटलाई धान्ने सुनिश्चिततासहित अघि बढ्ने योजना अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्बले सुनिश्चित गर्नेछ ।”

पावेलले उक्त अवसरमा व्यापार विवादका आगामी घटनाले मुद्रास्फीति निम्त्याउने सम्भावना रहेकोप्रति चासो व्यक्त गर्दै यो समयको समस्या उच्च मुद्रास्फीति नभै सुस्त आर्थिक विकास हुने बताए ।