सूर्या लाइफको ७० प्रतिशत हकपद शेयरमा आवेदन खुल्यो

0
Shares

सूर्या लाइफ इन्स्योरेन्सको ७० प्रतिशत हकप्रद शेयरको बिक्री खुला भएको छ । इन्स्योरेन्सले ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा आएको छ ।

बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा कम्पनीले हाल कायम चुक्तापूँजीको १० बराबर ७ कित्ता शेयरको अनुपातमा ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको ८८ लाख ७४ हजार ९६ कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले हकप्रद प्रयोजनका लागि साउन २९ गते १ दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोज भएको अघिल्लो दिन अर्थात साउन २८ गतेसम्म शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्।

कम्पनी शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल रहेको छ । हकप्रदमा क्यापिटलको कार्यालयका साथै सि आश्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । उपत्यका बाहिरका सूर्यालाइफका शाखा कार्यालय मार्फत पनि आवेदन गर्न पाइनेछ । आवेदन दिने अन्तिम मिति असोज १२ गतेसम्म रहेको छ ।

हाल १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।