स्वरोजगार लघुवित्तले २६.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश गरेको छ।

लघुवित्तले चुक्ता पूँजीको २६.७५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी २६ करोड ९५ लाख १२ हजार रुपैयाँ छ। बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार पुग्नेछ।