लाभांश घोषणाले पनि बढेन लगानीकर्ताको मनोबल, नेप्से सूचक १२ सय तल झर्यो

0
Shares

पछिल्ला दिनहरुमा निरन्तर घट्दो क्रममा रहेको सेयर बजार परिसचूक बुधबार १२ सय भन्दा तल झरेको छ । बुधबार दोहोरो अंकले घटेपछि बजार सुचक ११ सयको लाइनमा देखिएको हो ।

बुधबार कारोबार सुरु भएदेखि निरन्तर घट्न थालेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक १०.२६ अंकले घटेर ११९७.७५ विन्दुमा झरेको हो । सेयर बजारमा सुचिकृत कम्पनीले लाभासं घोषण गर्दै गर्दा पनि त्यसको सकारात्मक प्रभाव समग्र बजारमा पर्न सकेन ।

बैंक वित्तीय संस्थाको कर्जाको ब्याजदर उच्च हुनु, वित्तीय प्रणालीमा निक्षेपको कमी हुनु, सुचिकृत कम्पनीले लगानीकर्ताको अपेक्षा अनुसार लाभासं दिने अवस्था नहुनुले सृयर बजार नकारात्मक भएको हो । त्यसका साथै बाणिज्य बैंकको सहायक कम्पनी मार्फत ब्रोकरको काम गर्ने अनुमती दिने प्रक्रिया स्थागित हुनु तथा पुँजीगत लाभ कर गणनाको सन्दर्भमा ठोस निर्णय हुन नसक्नुले पनि लगानीकर्ता सेयर बिक्री गर्ने मुडमा देखिएका हुन ।

पछल्लिा दिनहरुको छिमेकी मुलुक भारतमा आर्थिक मन्दिको समस्या आउन सक्ने भन्दै विदेशी लगानकिर्ताले भारतमा गरेको लगानी फिर्ता गर्ने क्रम सुरु भएसंगै भारतीय धितोपत्र बजार पनि प्रभावीत भएको छ । भारतमा आर्थिक मन्दी आएको खण्डमा त्यसको प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि पर्न सक्ने भन्दै सेयर लगानीकर्ताले सेयर बिक्री गर्न हतार गरेपछि नेप्से परिसुचक पनि घटेको विश्लेषकहरुले बताएका छन ।

त्यसका साथै बुधबार सेयरधनीलाइ लाभासं घोषणा गरेको एनआइसी एसिया बैंकको प्रति कित्ता सेयर मूल्य ८ रुपैयाँ सम्म घटेको छ । कुमारी बैंकको सेयर मूल्यमा भने कुनै परिवर्तन आउन सकेन । यसले पनि लगानीकर्ताको बजार प्रतिको मनोविज्ञान कमजोर भएको जनाउछ ।

बुधबार नेप्सेमा कारोबार भएका अधिकासं समुहगत परिसुचक घटेका छन । त्यसैगरी ११६ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ कम्पनीको सेयर मूल्य वढेको छ । तर, २१ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्से परिसुचक संगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार नेप्सेमा १६८ कम्पनीको ५ हजार ४ सय ९० कारोबारवाट ३७ करोड २४ लाख रुपैयाँ बरावरको १३ लाख २१ हजार ४ सय ८६ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार नेप्सेमा कारोबार भएका समुहगत परिसूचक मध्ये बैंकिङ्ग ९.५८, विकास बैंक ६.२२, फाइनान्स १.७९, जलविद्युत १४.४६, जिवन बिमा ५७.१२, निर्जिवन बिमा ३७.२८, उत्पादन मूलक १३.०५, अन्य ७.१, लघुवित्त ९.२५ र होटल समुह १.अंकले घटेका छन ।