नेपाल इन्भेस्टमेन्ट बैंक पनि कनेक्ट आइपिएस इ-पेमेन्ट प्रणालीमा आवद्द

0
Shares

नेपाल इन्भेस्टमेन्ट बैंक पनि नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा आवद्द भएको छ ।

यो संगै अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । यसबाट बैंकलाई आफ्ना ग्राहकहरुलाई वैकल्पिक डिजिटल च्यानलहरु प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो प्रणालीकोे माध्यमबाट ग्राहकहरले अनलाइन फण्ड ट्रान्सफर, ई–कमर्शको भुक्तानी,क्रेडिट कार्ड/बिलभुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी गर्न सजिलो हुनेछ ।

त्यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा फण्ड भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानी र अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सक्नेछन् ।

उक्त प्रणाली सेवाप्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरीएको छ र सेवाप्रदायकको ग्राहकहरुले कनेक्ट आइपिएस छनौट गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।

बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत सेवा दिदै आएकोमा अब कनेक्ट आईपीएस पनि थप भएको हो ।

यस प्रणालीमा हाल सम्म ५७ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म ५३ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा प्रवाह भइरहेको छ ।