शेयर बजार गिरावटको प्रभाव म्युचुअल फण्डको लाभांशमा, एनआईबिएल समृद्धि फण्डले घटायो

0
Shares

एनआईबिएल क्यापिटलको व्यवस्थापनमा संचालित म्युचुअल फण्ड एनआईबिएल समृद्धि फण्ड १ ले गत आर्थिक वर्ष २०७५/०७६ को लाभांश घोषणा गरेको छ।

फण्ड सञ्चालक समितिको बैठकले इकाईधनीलाई कर सहित ६.५० प्रतिशतका दरले प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा १२ प्रतिशत नगद लाभांश वितरण गरेको यस फण्डले गत आर्थिक वर्षमा शेयर बजारमा मन्दी छाएर सूचीकृत कम्पनीको शेयरमूल्य घट्दा फण्डले वितरण आफ्ना इकाईधनीलाई वितरण गर्ने लाभांश करिब आधाले घटेको हो।