नेको इन्स्योरेन्सको १२ प्रतिशत बोनस प्रस्ताव पारित

0
Shares

नेको इन्स्योरेन्सको भदौं १४ गते शनिबार काठमाडौंमा सम्पन्न २३ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जस अनुसार कम्पनीले १४ करोड ११ लाख ५३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ । त्यस्तै, ७४ लाख २९ हजार नगद लाभांश पनि वितरण गर्ने भएको छ ।

हाल नेकोको चुक्ता पूँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार छ । बोनस वितरणपछि पूँजी १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।