अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक बिच सवारी कर्जा सम्झौता


आईएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्सले प्रवद्र्धन गरेको अशोक लेलैण्डका सवारी साधन खरिद गर्नेहरुलाई कर्जा उपलब्ध गराउने सम्बन्धमा सप्तकोशी डेभलपमेन्ट बैंकसँग सम्झौता भएको छ । विराटनगरमा प्रधान कार्यालय रहेको बैंकसँगको यो सम्झौता पछि आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले बैंकबाट ७० प्रतिशतसम्मको कर्जा सुविधा पाउने छन् ।

सवारी कर्जा सम्बन्धि सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत नबिन सुवेदी र आईएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।