एनआईसी एशिया बैंकको शाखा रोल्पाको लिवाङमा


एनआईसी एशिया बैंकले रोल्पाको लिवाङमा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले रोल्पा जिल्ला, रोल्पा नगरपालिका वडा नं ४ स्थित लिवाङ शाखा भाद्र १३ गतेदेखि सञ्चालनमा ल्याएको हो ।
बैंकको लिवाङ शाखा उद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरेका हुन । बैंकले मुलुकभर २९७ शाखा कार्यालय, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गन गर्दै आएको छ । बैंकले हाल करिब १८ लाख ग्राहकलाइ प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।