मेरो शेयरमा शेयरको भारित औसत गणना गर्ने प्रणालीको परीक्षण सुरु


केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले शेयरको भारित औसत लागत गणना गर्ने प्रणालीको परीक्षण सुरु गरेको छ । सिडिएससीले आफ्नो अनलाइन सफ्टवेयर मेरो शेयरमा यो सुविधा थप गरी परीक्षण सुरु गरेको हो ।

सिडिएससीले मेरो शेयरको लगईन पछि खुल्ने ड्यासबोर्डमा यस सम्बन्धि सूचना राख्दै लगानीकर्तालाई परीक्षण गर्न आग्रह गरेको छ । उसले भारीत औषत गाणनाा विधि समेत उपलब्ध गराउँदै लगानीकर्ताबाट आएका सुझावका आधारमा सफ्टवेयर परिष्कृत गर्दै लैजाने जनाएको छ ।

भारित औसत लागत गणना गर्ने सफ्टवेयर प्रयोग गर्नका लागि मेरो शेयरको सहायक डोमेन https://meroshare.cdsc.com.np:8443 मा जानु पर्ने हुन्छ । त्यसै गरी प्रयोग विधिको विबरण यहाँबाट हेर्न सकिन्छ ।

सिडिएससीको उक्त सफट्वेयरमा अहिले शेयरको खरीद मिति र शेयर संख्या छनौट गर्ने व्यवस्था गरिएको छ भने लागत मूल्यलाई परिवर्तन गर्न सकिने बनाइएको छ । शेयरको लागत मूल्य परिवर्तन गर्दा भने आवश्यक प्रमाणहरु जुटाउनु पर्ने हुन्छ ।


घरायसी नामसारी, एक हितग्राही खाताबाट अर्कोमा स्थानान्तरण लगायतको कारोबारलाई कैफियतमा उल्लेख गर्नु पर्ने व्यवस्था सिडिएससीले गरेको छ , उसले यस्तो कारोबारको वास्तविक लागत पहिचान हुन नसक्ने भन्दै अंकित मूल्यमा पर्चेज सोर्सका रुपमा लिएर गणनाा गर्ने व्यवस्था गरिएको छ ।