दुधको मुल्य प्रति लिटर ६ रुपैयाँ वढ्यो

0
Shares

सरकारले शनिवार देखि लागु हुने गरी प्रतिलिटर दूधको मूल्य ६ रुपैयाँ बढाएको छ । शनिबार देखि दुध खरिद गर्दा उपभोक्ताले प्रति लिटर ७६ रुपैयाँ तिर्नु पर्नेछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानलाइ बिहीबार प्रति लिटर ६ रुपैयाँ वढाउन पत्राचार गरेको थियो । तर, शुक्रबार बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण २१ गते शनिबारबाट लागू हुने गरी मूल्य बढाइएको संस्थानका सुचना अधिकारी सुभाषप्रसाद भट्टराईले जनकारी दिए ।
सरकारले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न २९ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल नै बनाएको थियो । कार्यदलले कम दूध उत्पादन हुने मौसममा १४.२९ प्रतिशत अर्थात १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममा ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो । संस्थानका अनुसार बढेको मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले ।